+
+

उच्च हिमाली क्षेत्रका मानवबस्तीमा पर्यटन पूर्वाधार विकासको योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:००
मुगु सदरमुकाम गमगढीस्थित धार्मिक महत्व बोकेको कालिका मालिका मन्दिर/फाइल तस्वीर

१७ फागुन, काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रका बस्तीहरुको व्यवस्थापनका लागि विशेष योजना ल्याउने भएको छ । पर्यटकीय सम्भावना भएका विश्वकै अग्लो स्थानमा पर्ने मान बस्तीहरुलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाउन तयारी भएको हो ।

सहरी विकास तथा भवन नर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीका अनुसार सहरी विकास मन्त्रालयको मार्गदर्शनअनुसार उच्च क्षेत्रमा रहेका बस्तीहरुको पहिचान गरी तीनको पर्यटकीय सम्भावना उजागर गर्नेबारे छलफल सुरु भएको हो ।

‘प्रारम्भिक छलफल भएको छ, विश्वकै अग्ला स्थानमा मानबस्ती हाम्रै देशमा छन्,’ उनले भने, ‘ती ओझेलमा परेका बस्तीमा पर्यटकहरु पुर्‍याउने योजनाअनुसार के–के गर्न सकिन्छ भन्ने छलफल सुरु भएको छ ।’

अहिलेसम्म त्यस्ता सम्भाव्य बस्तीको पहिचान भने भएको छैन । तर, अब पहिचान गरेर ती बस्तीहरुमा न्यूनतम् विकास पूर्वाधारसहित पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारी योजना छ ।
सम्भवतः आगामी वर्षको बजेटबाटै हिमाली क्षेत्रका बस्तीहरुको उचित व्यवस्थानको काम सुरु गर्ने गरी स्रोत व्यवस्थापन हुनेछ । पर्यटकीय पदमार्गका रुटमा जोड्दै उच्च हिमाली भेगका ग्रामिण बस्तीहरुलाई सुविधायुक्त बनाउयने सरकारी योजना हो ।

यसअघि सहरी विका मन्त्रालयले गरेको अध्ययनमा १६ हिमाली बस्तीलाई सहरका रुपमा विकास गर्न सकिने देखिएको थियो । तर, विभागले अहिले ती भन्दामाथि रहेका र विश्वकै अग्लो स्थानमा हुनसक्ने बस्तीहरुलाई केन्द्रित गरेर थप अध्ययन गर्ने योजना बनाएको हो ।

नेपाल आउने पर्यटकका लागि हिमाली क्षेत्र प्रमुख गन्तव्य हुन् । तर, उच्च हिमाली भेगमा पूर्वाधार कमजोर भएका कारण सम्भावना भएपनि पर्यटन प्रवर्द्धन हुन सकेको छैन ।

हिमाली भेगका बस्तीबाट बसाइ सर्ने प्रवृत्ति पनि बढ्दै गएकाले पनि हिमाली बस्तीहरुमा आवश्यक पूर्वाधारको उपलब्धता सहज गराउने सरकारी योजना बनेको हो । हिमाली क्षेत्रको भू–उपयोग, जल, जंगल र जडिबुटीको उपयोग, कृषि लगायतका सम्भाव्यतालाई ध्यानमा राखेर योजना बनाइने विभागका अधिकारीहरु बताउँछन् ।

न्यूनतम् पूर्वाधारको विकासपछि हिमाली क्षेत्रमा रोजगारको अवसर पनि बढ्ने सरकारको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?