+
+

मनाङ मर्स्याङ्दीका प्रशिक्षक तोपेले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:५८

फागुन १७, काठमाडौं । हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले राजीनामा दिएका छन् ।

२०७५ सालदेखि घरेलु फुटबलको महारथी क्लब मनाङको प्रशिक्षण सम्हालेका उनले मंगलबार राजीनामा दिएको क्लब स्रोतले जानकारी दिएको छ ।

ए डिभिजन लिगमा यो वर्ष मनाङले पाँचौं स्थानमा खुम्चिनु परेकोमा उनले आफूलाई जिम्मेवार मानेका छन् । २०७५ सालमा आयोजित ए डिभिजन लिगमा मनाङलाई विजेता बनाएपछि उनको चर्चा चुलिएको थियो । २०७६ को लिगमा मनाङ तेस्रो भएको थियो । नाइजेरियाको यू–१९ राष्ट्रिय टोलीको अनुभव लिइसकेका तोपेको प्रशिक्षणमा मनाङले मोफसलका केही नकआउट प्रतियोगिता पनि जितेको थियो ।

यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्‍यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको थियो ।

अब मनाङ मर्स्याङ्दी क्लबले मोफसलमा हुने खप्तड गोल्डकपमा भने क्लबका अर्का प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा खेल्ने क्लबले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?