+
+

कच्चा तेलको मूल्य ११ वर्षयताकै उच्च बिन्दुमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १६:५७

१८ फागुन, काठमाडौं । युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा पनि देखा परेको छ ।

मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले जनाएको छ ।

मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य डलर ११०.४ सेन्ट थियो ।

युद्धका कारण विभिन्न देशले रसियामाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रसियाबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्ति शृंखलामा असर पर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?