+
+

युक्रेनसँग फेरि वार्ता गर्न तयार छौं : रुस

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १६:५७

१८ फागुन, काठमाडौं । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुन: वार्ता गर्न तयार रहेको बताएका हुन् ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा गर्दै पेस्कोभले भने ।

तर, वार्ता हुने स्थानबारे पेस्कोभले केही खुलाएनन् । युक्रेनका अधिकारीले वार्ता सञ्चालन गर्ने रुसको प्रस्तावबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

जारी युद्धलाई अन्त्य गर्ने प्रयास स्वरुप युक्रेन र रुसका अधिकारीले शनिबार पहिलो चरणको वार्ता गरेका थिए । दुवै पक्षले पुन: भेट्ने सहमति गरेको सो वार्तापछि कुनै निष्कर्ष निस्कन भने सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?