+
+

महाअभियोग प्रस्ताव अलपत्र पर्दैन : कानुनमन्त्री बडु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:०८

१८ फागुन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अलपत्र नपर्ने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको अबको बैठकले महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने दावी गरे ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबरा हाल निलम्बित अवस्थामा छन् ।

बुधबार संसद भवनमा कानुनमन्त्री बडुलाई पत्रकारहरुले महाअभियोग प्रस्ताव अलपत्र परेको हो भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अलपत्र कहाँ पर्छ, पर्दैन । यसले आफ्नो स्वाभाविक कोर्स लिन्छ’ उनले भने ।

महाअभियोग प्रस्तावबारे राजनीतिक दलहरुसँग छलफल भइरहेको र सबैको सल्लाह अनुसार आउने बैठकबाट महाअभियोग सिफारिस समितिमा पठाउने तयारी भएको मन्त्री बडुको भनाइ छ । ‘सबैसँग सल्लाह भइरहेको छ, आउने बैठकबाट प्रक्रिया अघि बढ्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?