+

श्री भगवती र सरस्वती युथ क्लबको विजयी सुरुवात

२०७८ फागुन  १८ गते १७:३३ २०७८ फागुन १८ गते १७:३३
श्री भगवती र सरस्वती युथ क्लबको विजयी सुरुवात

१८ फागुन, काठमाडौं । श्री भगवती क्लब र सरस्वती युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ ले हरायो ।

श्री भगवतीका लागि अनिल गुरुङले २४औं, रुमेश उरावले ५०औं र मिलन खड्काले ६३औं मिनेटमा गोल गरे । झम्सिखेलका लागि मानकुमार राईले ३७औं मिनेटमा एक गोल फर्काएका थिए ।

यस्तै, मंगलबार भएको दोस्रो खेलमा सरस्वतीले बाँसबारी युथ क्लबलाई ३-१ ले नै हरायो । सरस्वतीले एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो ।

खेलको छैटौं मिनेटमै बिक्की राईले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । तर लामो समय अग्रता टिकेन । २१औं मिनेटमा सरस्वतीका बिक्रमले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

सृजल लामाले खेलको ८७औं मिनेटमा गोल गरेपछि सरस्वतीले २-१ को अग्रता लियो । त्यसपछि इन्जुरी टाइममा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३-१ को जित दिलाए ।

फुटबल सरस्वती युथ क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय