
१८ फागुन, काठमाडौं । बी डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मेडिकल पार्टनरको रुपमा अर्थोप्लाष्ट रिह्याब सेन्टरसँग सम्झौता गरेको छ ।
ग्वार्कोस्थित अर्थोप्लाष्ट रिह्याब सेन्टरमा आयोजित एक कार्यक्रममा अर्थोप्लाष्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
शीर्ष डिभिजन लिज विजेता मछिन्द्र फुटबल क्लब र तेस्रो स्थान हासिल गर्न सफल न्यु रोड टिमसँगको संलग्नता र फुटबल मात्र नभई अन्य विभिन्न खेलकुदमा पनि संलग्न रहेको अर्थोप्लाष्ट रिह्याब सेन्टरले चर्च ब्वाइजसँग सम्झौता गरेको हो ।
‘खेलकुदमा ठूलो चोट लाग्नबाट बचाउन र चोट लागिहाले छिटोभन्दा छिटो खेलाडीलाई खेलमा फर्काउने अर्थोप्लाष्टको मुख्य योजना हो । ‘ अर्थोप्लाष्टका निर्देशक भुसालले भने ।
खेलकुद विकासका लागि मुख्य कुरामध्ये एक खेलाडीमा लाग्ने चोट कम गर्नु हो र सो कार्यको लागि आफूहरू हरपल तयार रहेको उनले बताए ।
बुधबारदेखि सुरु भएको बी डिभिजन लिगमा चर्च ब्वाईजसहित १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4