+
+

नेपाली फिल्मको प्रचार गर्न बेल्जियमकी हिरोइन क्यारोलिन काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:०३

१८ फागुन, काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’मा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा अहिले नेपालमा छिन् । गत साता काठमाडौं आइपुगेकी उनी शुक्रबारदेखि रिलिज हुन लागेको ‘लप्पनछप्पन २’को प्रचारप्रसारमा समेत जुटेकी छन् ।

बुधबार अनलाइनखबरसँगको कुराकानीमा उनी ‘क्यान्डिड’ सुनिइन् । डच मूलकी क्यारोलिन एक दशकदेखि ब्रसेल्समा रहेर मोडलिङ गरिरहेकी छन् । ‘लप्पनछप्पन २’मा आफूले एक महिला जासूसको भूमिका निर्वाह गरेको र दर्शकले रुचाउने उनको विश्वास छ ।

ट्रेलरमा समेत क्यारोलिनलाई लडाकु अवतारमा देख्न पाइन्छ । युरोप भ्रमणमा रहेका निर्देशक मुकुन्द भट्टले आफूलाई चरित्रमा फिट हुने देखेपछि कास्ट गरेको उनले बताइन् । ‘छोटो तर सशक्त रोल छ मेरो’ उनले भनिन् ।

‘लप्पनछप्पन २’को टिमले नै निर्माण गर्न लागेको अर्को एक फिल्ममा समेत क्यारोलको मुख्य भूमिका हुने भएको छ । जुनदेखि छायांकन सुरु हुने फिल्मका लागि अझै केही महिना आफू नेपालमा रहने र वर्कसपमा सहभागी हुने जानकारी उनले दिइन् ।

नयाँ फिल्मको छायांकन पनि इटाली र बेल्जियममा हुने र क्यारोलको समेत मुख्य भूमिका हुने निर्माता चीजकुमार श्रेष्ठले जानकारी दिए ।

अभिनय र फेसनलाई सँगै अघि बढाउने सौख पालेकी क्यारोलिनको सपना युरोपमा नेपाली फेसन शो गर्नु र नेपाली फिल्मका लागि व्यावसायिक प्रवर्द्धनको वातावरण बनाउनु रहेको छ । साथै, निकट भविष्यमा नेपाली फिल्म निर्माणमा समेत हात हाल्ने उनको योजना छ ।

बेल्जियममा रहँदै आफूले नेपालबारे सुनेको र नेपाललाई सघाउने आफ्नो चाहना रहेको उनको भनाइ छ । आगामी साता पोखरा घुम्न जान लागेको र नेपालको पर्यटनमा पनि सघाउन आफू इच्छुक रहेको क्यारोलिन बताउँछिन् । सगरमाथा आरोहण आफ्नो जीवनको सपना रहेको उनको कथन छ ।

चार करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्म ‘लप्पनछप्पन २’लाई युरोपमा समेत प्रदर्शन गर्ने तयारी रहेको निर्माता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?