+
+

रुपन्देही सुपर लिगमा शंकरनगर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:५४

१८ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन बीको बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लब विजयी भएको छ । शंकरनगरले बुटवल राइनोज क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनाएको थियो ।

उसका लागि विशाल विक्रम केसीले ६६, विराट भण्डारीले ५७ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सञ्जु बोहराले ३, कुशल सिंह र अमृत थापाले समान २–२ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमै समेटियो । उसका लागि दीपक डुम्रेले ४२ र सुरज सारुले ३९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा शंकरनगरका सन्तोषबहादुर खत्रीले ३, विशाल विक्रम केसीले १ विकेट लिए ।

म्यान अफ द म्याच हुँदै विशाल विक्रम केसीले १ हजार २ सय रुपैयाँ प्राप्त गरे । बिहीबार डिभिजन बीअन्तर्गतको अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?