
१८ फागुन, हेटौंडा । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि बोलाउने र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
फागुन १६ गते सूचना टाँस गर्दै स्थगन गरेको बैठक पुनः फागुन २९ गतेको लागि आह्वान गरिएको हो ।
पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आवहान गरेका हुन् । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको वैठक आव्हन भएको हो ।
प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको वैठक स्थगित थियो । एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ ।
प्रतिक्रिया 4