+
+

संवैधानिक इजलास शुक्रबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते २१:१५

१८ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ ।

जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए ।

लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधिन विवादको न्यायनिरुपण हुन सकेको छैन । गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषदको सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

केही दिनअघि प्रधानन्यायाधीश जबराको महाभियोग विरुद्ध परेको रिट निवेदन समेत सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?