+
+

आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १४:४३

१९ फागुन, काठमाडौं । आशिष राईले शहीद स्मारक बी डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि चर्च ब्वाइज युनाइटेडले टुसाल युथ क्लबमाथि ५-२ को सानदार जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा टुसालका लागि आशिषले २७ मिनेट भित्र ह्याट्रक गरेका हुन् ।

उनले खेलको छैटौं १७औं र ३३औं मिनेटमा गोल गरे । यस्तै २१औं मिनेटमा विकास राईले गोल गरेपछि चर्च ब्वाइजले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो ।

वैकल्पिक खेलाडी कुवेत न्यौपानेले ८६औं मिनेटमा चर्च ब्वाइजका लागि एक गोल थपे । टुसालका लागि भने जिलेस्पी जंग कार्कीले ७२औं र उत्तम जंग शाहीले ८९औं मिनेटमा गोल फर्काए ।

२०७६ सालमा भएको ए डिभिजन लिगमा च्याम्पियन मछिन्द्र एफसीबाट खेलेका योगेश गुरुङ यस सिजन भने चर्च ब्वाइजबाट बी डिभिजन खेलिरहेका छन् । उनले वैशाख-जेठमा भएको नेपाल सुपर लिग धनगढी एफसीबाट खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?