+
+

हेटौंडामा बृहत साहित्य महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १५:१२

१९ फागुन, काठमाडौं । आँचल साहित्य कला पुञ्जले हेटौंडामा दुईदिने बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कला पुञ्जले शुक्रबार र शनिबार देशभरका साहित्यकारलाई भेला गरेर बृहत साहित्यक महोत्सवको आयोजना गर्न लागेको हो ।

साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तुमाथि बहस र अन्तरक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकारबीच साहित्य आदानप्रदान हुने न्यौपाने बताइन् । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?