+
+

फेब्रुअरीमा नेपाल भित्रिए करिब २० हजार पर्यटक

रुसबाट कति आए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १६:३०
फाइल तस्वीर

१९ फागुन, काठमाडौं । सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही महिनामा ९ हजार १४६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को पहिलो महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार दुई महिनामा कुल ३७ हजार ७४१ जना पर्यटक नेपाल आएका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन क्रमशः सुधारोन्मुख देखिए पनि उत्साहजनक तथ्यांक भने आएको छैन ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । एक महिनामा भारतबाट ५ हजार ९९८ जना नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ३ हजार ६१४ जना नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बेलायत रहेको छ । यो महिनामा बेलायतबाट मात्र २ हजार २१७ जना पर्यटक नेपाल आएको देखिएको छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाबाट १ हजार ५२ जना नेपाल आएका छन् ।

युद्धमा होमिएको रुसबाट १४७ जना मात्र नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा छ । चीनले पर्यटकलाई भ्रमणमा जान खुला नगरिसकेका कारण कारण यसअवधिमा मात्र २०५ जना चिनियाँ नागरिक नेपाल आएको देखिएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारतपछि दोस्रो स्थानमा बंगलादेश रहेको छ । यहाँबाट ८८८ जना पर्यटक नेपाल आएका छन् । युरोपमा बेलायतपछि जर्मनीबाट ६४२, फ्रान्सबाट ५२९, नेदरल्याण्ड्सबाट २५२, स्पेनबाट १८०, र बेल्जियमबाट १७९ जना नेपाल आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?