+
+

‘घरजग्गा कारोबारमा नियामककै आँखा लाग्यो, स्पष्ट नीति चाहिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १७:३१

१९ फागुन, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लले घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नहुँदा समस्या भएको बताएका छन् । घरजग्गा व्यवसायीहरुले घरजग्गाको प्ल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वाग्लेले घरजग्गा कारोबारका लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएका कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताए । सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको उनको भनाइ छ ।

उनले निजी क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्य वृद्धि २० प्रतिशत भन्दा नजाने दाबी गरे । घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने प्ल्टिङ रोक्नका लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्ने उनको भनाइ छ ।

‘अहिले काठमाडौं शहरको रुप रेखा अलि हाउजिङ जस्तो देखिने निजी क्षेत्रले गरेको हो । सरकारले मैले बनाएको भन्ने ठाउँ छैन, नयाँ के बन्यो, तीन चार वटा डेभलपरले काम गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुले पुराना योजनाहरुलाई क्याच गर्नु भएको छ, नयाँ त बनाएको छैन २२ देखि २५ वटा योजना एकै पटक निकाल्ने हो भने त बजारमा जग्गाको मूल्य किन यसरी उच्च हुन्छ ?’

अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्ष्या गरेर घरजग्गा कारोबार विस्थापित गर्न खोजेको आरोप लगाए । उनले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको बताए ।

अध्यक्ष वाग्लेले घरजग्गा कारोबारमा लगानी पनि ठूलो लाग्ने भएकाले आम्दानी पनि बढी हुने गरेको स्वीकार गरे । उनले घरजग्गा व्यवसायीले प्राडो गाडी चढेर हिंड्ने हामी सरकार सञ्चालन गर्ने, मुलुकको राष्ट्र चलाउने केही छैन भनेर इर्ष्या भएकाले कारोबारमा कडाइ गरिएको दाबी गरे । सरकारले घरजग्गा कारोबारलाई विस्थापित गर्ने दृष्टिकोणले हेरेको उल्लेख गरे ।

त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने बताए । उनले बैंकहरु आफैले ८ प्रतिशतमा झरेको व्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पुर्‍याउँदा व्यवसायीलाई समस्या भएको उल्लेख गरे । बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?