+
+

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ७:०९

२० फागुन, काठमाडौं । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ ।

मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच भिडन्त भएको बताएका थिए ।

ट्याङ्कसहित सहरमा प्रवेश गरी रुसी सेनाले प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधवार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए ।

युक्रेनमा जापोरिज्जियासहित चारवटा सक्रिय परमाणु केन्द्रहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?