+
+

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ८:४६

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनLत गर्न बाँकी छ ।

महाधिवेशनको म्याण्डेट विपरीत अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णयका कारण माओवादीभित्र विवाद छ ।

एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमति छ । यद्यपि आजको केन्द्रीय समिति बैठकमा उपस्थित हुने र आफ्ना कुराहरू राख्ने श्रेष्ठ पक्षका नेता गिरिराजमणि पोखरेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?