+
+

माओवादी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदनः मातृका यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १३:०९
फाइल तस्वीर

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए ।

‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण नरहेको उनले बताए ।

तर केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको यादवले बताए । ‘बाबुरामले पद खतरामा पर्दा पद्दतिको कुरा उठाउनुहुन्थ्यो । अहिले पनि माग पूरा भएन भने पद्दतिको कुरा उठाउन थाल्नुहुन्छ । यो चरम व्यक्तिवाद हो’, यादवले भने ।

१५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?