+
+

पाटन-जावलाखेल-पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १२:२०

२० फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

उनले आजबाट लागू हुनेगरी शुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

मेयर महर्जनले भने, ‘स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ । सुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ, त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’

मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?