News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सांसदहरूका लागि 'सक्षम सांसद, सशक्त संसद्' विषयक दुई दिने प्रशिक्षण सुरु गरेको छ।
- प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध, संसदीय प्रक्रियामा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन्।
- दोस्रो दिन राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचन तयारीमा केन्द्रित सत्रहरू हुनेछन् र पार्टी सभापति रवि लामिछानेले समापन सत्रमा निर्देशनात्मक मन्तव्य राख्नेछन्।
२६ वैशाख, काठमाडौं । रास्वपाले सांसदहरूका लागि प्रशिक्षण सुरु गरेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आज र भोलि ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण आयोजना गरिएको हो ।
प्रशिक्षणमा सहभागी हुन सांसदहरू जावलाखेल पुगेका छन् । प्रशिक्षणको औपचारिक उद्घाटन उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गरे ।
संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको रास्वपाले जनाएको छ ।
प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ ।
जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने कार्यक्रम छ ।

त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्नेछिन् ।
दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने रास्वपाले बताएको छ ।
सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिनुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउनेछिन् ।
साथै, सह–महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया 4