+
+

एमसीसी अनुमोदन गरेको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ फागुन २० गते १४:३४

२० फागुन, काठमाडौं । संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्‍चमा आमसभा आयोजना गरिएको छ । आमसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।

हेर्नुस् तस्वीरहरू : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?