+
+

गण्डकीका मुख्यमन्त्रीले मधेश प्रदेशको भ्रमण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १६:२६

२० फागुन, जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको भ्रमण गर्ने भएका छन् ।

मुख्यमन्त्री पोखरेल मधेश सरकारको निमन्त्रणामा शनिबार जनकपुरधाम आउन लागेका हुन्। पोखरेलको भ्रमण दुई दिनसम्म हुने मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार पोखरेलको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधि मण्डल जनकपुरधाम आउनेछन् ।

भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेललाई सम्मान गरिने तथा अन्तरप्रदेशीय सम्बन्धका बिषयमा छलफल हुने मधेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?