+
+

युक्रेनमा रुसी हमलापछि देखिएको विध्वंश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १९:३९

२० फागुन, काठमाडौं । रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर, नगर र गाउँहरू खण्डहर बन्न पुगेका छन् । हमला अघि र पछि खिचिएका केही तस्वीरमा गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ ।

१.हाल रुसी सेना युक्रेनको राजधानी किएभबाट केही दूरी टाढा मात्रै छ । तर उक्त शहरमा पटक-पटक हवाइ हमला भएको छ । यो तस्वीर गत शनिबार बिहान रुसी मिसाइल आक्रमण भएको एक अपार्टमेन्ट भवनको हो ।

२.उत्तर-पश्चिमी किएभमा इर्पिन नामक सानो नगर छ । राजधानीबाट केबल २० किलोमिटर टाढा अवस्थित उक्त शहर गत हप्तादेखि नै रुसी र युक्रेनी सेनाबीचको रणभूमि बन्न पुग्यो । तोप एवं हवाइ आक्रमणपछि त्यहाँ निकै क्षति पुगेको छ । एक आक्रमणपछि तलको आवासीय क्षेत्र लगभग पूरै ध्वस्त बनेको छ ।

३.रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई केही दिनयता भीषण हवाइको निशाना बनाइरहेको छ । उक्त शहरको मध्य भागमा ठूलो क्षति भएको छ ।
बुधबार युक्रेनका अधिकारीले आवासीयसहित अन्य क्षेत्रमा रातभर अन्धाधुन्द गोलाबारी भएको बताएका छन् । राष्ट्र संघका अभियोजनकर्ताले सो आक्रमणलाई सम्भावित युद्ध अपराधको रुपमा छानबिन गरिरहेका छन् । गोलाबारीपछि शहरमा भएको क्षतिलाई तलका तस्बिरले समेत प्रस्ट पार्छन् ।

४.किएभबाट ६० किलोमिटर उत्तर-पश्चिममा अवस्थित बोरोडियङ्का नगरमा रुसी सेनाले गरेको हवाइ आक्रमणपछि कैयौं आवासीय भवन ध्वस्त भएका छन् । बिहीबार ड्रोनबाट खिचिएको भिडियोमा नगरमा भएको विनाश, भवनहरू जलिरहेको र सडकमा सवारी साधन यत्रतत्र छरिएको देख्न सकिन्छ ।

५.त्यस्तै, किभएबाट १२० किलोमिटर उत्तर-पूर्वमा अवस्थित चेर्निहिभमा समेत उत्तरी क्षेत्रबाट हमला सुरु गरेको रुसी सेनाले केही दिनयता भीषण गोलाबारी गरिरहेको छ । बिहीबार उक्त शहरका विद्यालय र अग्ला अपार्टमेन्ट भवनसहित आवासीय क्षेत्रमा हमला हुँदा ३० भन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

६.चेर्निहिभ नजिकै उत्तरमा रहेको रिभ्नोपिलिया गाउँमा स्याटालाइटबाट खिचिएका तस्वीरमा रुसी सेनाले मिसाइल आक्रमण गरेपछि जमिनमा परेका खाल्डा र जलिरहेका घरबाट धुवा उडिरहेको देखिन्छ ।

 

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?