+
+

एनएसएल अक्सन : क-कस्को नाममा बज्‍यो ‘गोल्डेन बजर’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:१५

२० फागुन, काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी बोलकबोल (अक्सन) गरिएको छ । १० टोलीले एक–एक जना खेलाडी ‘गोल्डेन बजर’ प्रक्रियाबाट अनुबन्धित गरेका छन् ।

एनएसएल अक्सनमा यसपल्टदेखि लागू गरिएको नयाँ नियम हो– गोल्डेन बजर । क्याटागोरी ‘ए’मा परेका खेलाडीका लागि एउटा क्लबले एकजना लिन पाउने गरी गोल्डेन बजरको व्यवस्था गरिएको छ । कुनै एउटा खेलाडीका लागि सबैभन्दा पहिले जुन टिमले बजर दबाउँछ उसैलाई खेलाडीको अधिकतम मूल्यमा अनुबन्ध गर्ने नियम बनाइएको छ ।

यसपल्ट गोल्डेन बजरबाट सबै टिमले एक–एक खेलाडी लिएका छन् । एनएसएलको नयाँ टिम स्पोर्टिङ इलाम डी मेचीले डिफेण्डर गौतम श्रेष्ठ, झापा एफसीले डिफेण्डर निशान खड्का र वीरगञ्ज युनाइटेडले डिफेण्डर मानबहादुर तामाङलाई अनुबन्ध गरेका छन् ।

साविक विजेता काठमाडौं रेजर्सले ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी फरवार्ड सुनील बललाई गोल्डेन बजरबाट पाएको छ । विराटनगर एफसीले राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्की, बुटवल लुम्बिनी एफसीले डिफेण्डर सुमन अर्याल, चितवन एफसीले फरवार्ड त्रिदेव गुरुङ, ललितपुर सिटी एफसीले गोलरक्षक विशाल सुनार, पोखरा थन्डर्स एफसीले डिफेण्डर दिनेश राजवंशी र धनगढी एफसीले डिफेन्सिभ मिडफिल्डर पुजन उपर्कोटीलाई गोल्डेन बजरमार्फत अनुबन्ध गरेका छन् । उनीहरु सबै अधिकतम मूल्य (३ लाख ५० हजार रुपैयाँ)मा अनुबन्धित भएका हुन् ।

गोल्डेन बजरमा कसैले चासो नदिए उनीहरुको न्यूनतम मूल्यबाट बोलकबोल सुरु गरिनेछ । एनएसएलमा यसपल्ट ‘ए’ क्याटागोरीका खेलाडीका लागि कम्तिमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको बोली लगाउन पाइनेछ ।

बी क्याटागोरीका खेलाडीलाई कम्तिमा १ लाख र बढीमा १ लाख ५० हजार रुपैयाँसम्म तथा सी क्याटागोरीका लागि कम्तिमा ५० हजार र बढीमा १ लाखसम्मको बोली लगाउन पाइन्छ ।

२ सय ४९ जना खेलाडी अक्सनमा समावेश गरिएकोमा ए क्याटागोरीका ४९, बी र सी क्याटागोरीका १००÷१०० जना खेलाडीलाई १० वटा क्लबले बोली लगाएका थिए । अक्सनबाट १५० खेलाडी अनुबन्धित हुनेछन् ।

एउटा टिमले १५ जना खेलाडी अनुबन्धनका लागि कम्तिमा १८ लाखदेखि बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछ । एउटा टिमले क्याटागोरी ए बाट बढीमा चार, बी बाट बढीमा ६ र सी बाट बढीमा ५ जना खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?