+
+

प्रमोद खरेल र सुशान्त खत्रीले ‘सिड्नी होली मेला’मा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १८:२४

२० फागुन, काठमाडौं । फागूपर्वको अवसरमा अष्ट्रेलियाको सिड्नीमा आगामी मार्च १९ मा ‘सिड्नी होली मेला २०२२’ आयोजना हुने भएको छ । फ्यान्टास्टिक इभेन्ट्सले आयोजना गर्ने कार्यक्रममा नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिने भएका छन् ।

कोरोना महामारीले सिड्नीमा दुई वर्षसम्म कार्यक्रम तथा जमघट हुन सकेको थिएन । महामारी रोकथामका लागि लागू गरिएको प्रतिबन्धलाई खुकुलो तुल्याइपछि होल्ड्रेड गार्डेन्स मेरिल्यान्डमा कार्यक्रम गर्न लागिएको हो । संगीत, रङ र परिकारको जमघट बताइएको उक्त मेलामा सहभागी हुन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरिएको जनाइएको छ ।

सांस्कृतिक कार्यक्रममा भाग लिन गायक प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले अष्ट्रेलिया प्रस्थान गर्दैछन् । सहभागी हुने कलाकारले पछिल्लो समयका हिट गीतसहित नृत्य र कमेडी प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

मार्चदेखि अष्ट्रेलियाले विदेशी पर्यटकको लागि अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ । कोभिड प्रोटोकललाई समेत सहज तुल्याइएपछि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपाली संघसंस्थाले कलाकारलाई बोलाएर कार्यक्रमलाई निरन्तरता दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?