+
+

इलाममा गुञ्जिंदै नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १२:०९
फाइल तस्वीर

काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ चैत ३ गते इलाममा गुञ्जिने भएको छ । सूर्योदय नगरपालिकाको करफोकस्थित सल्लाघारी पाखामा नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने छ ।

यो मैदानमा हरेक वर्ष राष्ट्रियस्तरकै फुटबल प्रतियोगिता समेत आयोजना हुँदै आएको छ ।

‘राजमार्ग भएर गुज्रिंदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक अमृत गुरुङले भने, ‘यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुसी लागेको छ ।’

मुलुकको लोकप्रिय सांगीतिक ब्यान्ड ‘नेपथ्य’ले देश-विदेशका ठूला सहरमा मात्रै होइन, स-साना बस्ती र बजारमा पनि कन्सर्ट गर्दै आएको छ । नेपथ्यले देशका अधिकांश सहरमा कन्सर्ट गरिसकेको छ भने नेपालबाहिर १७ वटा मुलुकमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको छ ।

ब्यान्ड केही समयअघि मात्रै जापान र क्यानडामा कन्सर्ट गरेर स्वदेश फर्किएको हो ।

करफोकमा हुने कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । कन्सर्टमा टिकटको मूल्य ११ सय रुपैयाँ राखिएको छ ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?