+
+
Shares

ग्रामी मनोनित मनोज सिंहले पाटनमा सांगीतिक प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १२:१६

काठमाडौं । ग्रामी अवार्ड मनोनित नेपाली संगीतकर्मी मनोज सिंहले शनिबार सांगीतिक प्रस्तुति दिने भएका छन् । पाटन संग्रहालय क्षेत्रमा उनको कन्सर्ट आयोजना गरिएको छ ।

प्रसिद्ध बाँसुरीवादक सिंहको उक्त कन्सर्टमा गायिका आनी छोइङ डोल्मा विशेष अतिथिको रुपमा उपस्थित हुने जनाइएको छ । उक्त कार्यक्रमको नाम ‘अल्केमी अफ साउण्ड एण्ड साइलेन्स’ राखिएको छ ।

गायनमा सिंहसँग अधिश्री ढुंगाना, बिजेन्ट शाह, मनोज केसी, नवराज गुरुङ, प्रज्वल लामा र सञ्जय श्रेष्ठले सहकार्य गर्नेछन् ।

सिंह भन्छन्, ‘लामो समयपछि पाटन संग्रहालयमा प्रस्तुति दिन पाउँदा निकै उत्साहित छु । यो कन्सर्ट धेरै विशेष हुनेछ, किनभने यसले मनोरञ्जनभन्दा बाहिरको संगीतको सम्भावना पनि देखाउनेछ ।’

सन् २०२० को ६२ औं ग्रामी अवार्डमा मनोजको स्टुडियो एल्बम ‘देवा’ बेस्ट न्यु एज एल्बम विधामा मनोनित भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?