+
+

मस्कोमा सन् २००४ पछिकै ठूलो हमला १३३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते २०:०६

१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले ज्यान गुमाएका थिए ।

राजधानी मस्कोमा कन्सर्टमा जम्मा भएका भीडलाई निशाना बनाउनेमध्ये चार संदिग्ध व्यक्ति पक्राउ गरिएको रुसी सुरक्षा अधिकारीहरुले बताएका छन् । घटना लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपराधीहरुलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मृतकहरुप्रतिको श्रद्धाञ्जलीमा उनले भोलि रुसमा राष्ट्रिय शोक घोषणा गरेका छन् । ‘कायर अपराधीहरुले हाम्रो नागरिक र बालबालिकालाई निशाना बनाए । उनीहरुलाई हामी छोड्ने छैनौं । जो कोहीबाट निर्देशित भएपनि उनीहरु कारबाहीको दायरामा आउनेछन्’, बीबीसीले पुटिनको भनाइ उद्दृत गर्दै लेखेको छ ।

मुलुकलाई रक्तपातबाट सुरक्षित गर्न सुरक्षामा विशेष ध्यान दिइने उनले बताएका छन् । यो हमला मुलुकलाई विभक्त बनाउने प्रयासमा भएपनि यसबाट विचलित नहुने उनको पुटिनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?