+
+

विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउन अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:३५

२० फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरण गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

केन्द्रले विद्यार्थी विवरण सार्वजनिक गर्दै सामुदायिक विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत विपन्न लक्षित कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुलाई वितरण गर्न अनुरोध गरेको हो ।

केन्द्रले सूचनामा ‘कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (प्रो पुवर टार्गेट स्कलरसीप) का लागि छनोट भएका विद्यार्थीका लागि छात्रवृत्ति (कक्षा ११ र १२ का विज्ञान विषयसमेतका लागि) कार्यक्रम शीर्षकमा एलएमबीआईएस मा प्रविष्टि भई वित्तीय हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरुले विपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदन्ड, २०७८ बमोजिम विवरणमा उल्लेखित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउन अनुरोध’ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?