+
+

कोरोना संक्रमणबाट मृत्यु शून्य, थप ९१ जना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १७:०९

२१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?