+
+

रियल मड्रिडलाई ८ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ८:५०

२२ फागुन,काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाएर रियलले तीन अंक जोडेको हो । यस जितपछि लिग लिडर रियलले दोस्रो स्थानको सेभियामाथि ८ अंकको अग्रतासमेत बनाएको छ ।

सेभिया अलाभेजसँग गोलरहित बराबरीमा रोकिंदा रियलले त्यसको फाइदा उठाउँदै उपाधि होड बलियो बनाउँदै लगेको हो ।

रियलको २७ खेलबाट ६३ अंक छ । समान खेलबाट सेभियाको ५५ अंक छ ।

सान्टियागो बर्नाबेउमा भएको खेलको दशौं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीबाट गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय भने टिकेन ।

४०औं मिनेटमा एडुवार्डो कामाभिंगारले रियलका लागि बराबरी गोल फर्काए । ४३औं मिनेटमा लुका मोड्रिचले गोल गरेपछि रियल पहिलो हाफमै २-१ को अग्रता बनायो ।

करिम बेन्जिमाले ७६औं र मार्को एसेन्सियोले ७९औं मिनेटमा गोल गरेपछि रियलले ४-१ को जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?