+
+

मानेको गोलमा लिभरपुल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ८:५७

२२ फागुन, काठमाडौं । साडियो मानेको एक मात्र गोलमा लिभरपुलले प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेलमा लिभरपुलका लागि मानेले पहिलो हाफमा गोल गरे । उनले २७औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गरेको गोल नै जितमा निर्णायक बन्यो ।

यस जितपछि दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी घटाउँदै उपाधि होड कायम राखेको छ । यी दुई बीच अंक दूरी जम्मा ३ छ ।

२७ खेलबाट सिटी ६६ अंकसहित शीर्ष स्थानमा छ । उति नै खेलबाट लिभरपुलको ६३ अंक छ । वेष्टह्याम २८ खेलबाट ४५ अंकसहित पाँचौ स्थानमा छ ।

आइतबार भएको अर्को खेलमा लण्डन क्लब चेल्सीले बर्नलीलाई ४-० ले हरायो । चेल्सीको सहज जित काइ हाभार्टले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिकले एक-एक गोल गरे ।

चेल्सी २६ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?