+
+

तनहुँको दमौलीमा आगलागी

बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या, सिम्रिक एयरको हेलिकप्टर मगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:३७

२२ फागुन, काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या

तनहुँका पत्रकार कृष्ण न्यौपानेका अनुसार आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ ।

दमकल छिर्ने ठाउँमा टहरो भएकाले भत्काएर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?