+
+

आउँदो वर्ष बिहे गर्दै सौगात र सृष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १६:४८
अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल । फाइल तस्वीर

२२ फागुन, काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । यतिबेला गम्भीर प्रेममा रहेको यो जोडीले आगामी वर्ष २०७९ मा लगनगाँठो कस्ने भएको छ ।

आउँदो वर्ष विवाह गर्ने निश्चित भएको सृष्टिले अनलाइनखबरलाई जानकारी दिएकी छन् । हालै लण्डनबाट नेपाल आएका सृष्टिका बुवाआमा र सौगातबीच पनि भेट भइसकेको छ ।

बुवाआमाको अनुमतिपछि आउने वर्ष शुभसाइतमा बिहे गर्ने तयारी रहेको सृष्टिले बताइन् । ‘मेरो बुबाआमाले पनि उहाँलाई मन पराउनुभयो । सौगातले पनि बुबाआमालाई बिरामी हुँदा केयर गर्नुभयो । मलाई चाहिएको यस्तै सम्बन्ध र केयर हो,’ सृष्टिले भनिन् ।

आफूहरुको सम्बन्धलाई लिएर बाबुआमा खुसी भएको र विवाहको तयारी गर्न भनेको सृष्टिको भनाइ छ । साथै, फिल्मसहित रुचिको क्षेत्रमा सृष्टि र सौगातलाई सघाउने वचन पनि उनको परिवारले दिएको छ ।

‘उहाँले तिमीहरु मिलेर अघि बढ । हामी सघाउन तयार छौं भन्नुभएको छ । हामी उहाँहरुको भनाइअनुसार नै समय लिएर अघि बढ्छौं । हामी निकै उत्साहित छौं,’ सृष्टिले भनिन् । सृष्टिका बुवाआमा लण्डनमा बस्दै आएका छन् ।

यसअघि केही फिल्ममा स्क्रिन सेयर गरिसकेका सृष्टि र सौगातले हालै ‘राधाः द सिक्रेट’ फिल्म निर्माणमा समेत सहकार्य गरेका छन् । सृष्टिले सौगात अभिनित पछिल्लो फिल्म ‘लप्पनछप्पन २’लाई सोमबार हलमै पुगेर हेर्ने तयारी पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?