+
+

बागमतीका ओमकरलाई दुई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १८:३६

२२ फागुन काठमाडौं । बागमती प्रदेशका ओमरकार सिंहले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा पुरुष व्‍यक्तिगततर्फ आइतबार दुई स्वर्ण जितेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् ।

सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण जिते ।

१३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री तेश्रो स्थानमा रहे ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपीतर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले निकैनै प्रतिस्पर्धात्मक खेलमा सेनाका जंग गिरीलाई १०-९ अंकले पराजित गरेका हुन् ।

निर्धारित समयसम्म दुवैको समान ९-९ अंक भएपछि निर्णयका लागि थप गरिएको १ मिनटमा सिंहले एक अंक जोड्दै विजयी भएका हुन् । सेनका मिन कार्की र बागमतीका भिष्मराज (तार्जन) दाहाल तेस्रो भए ।

यस्तै पुरुषकै फ्वाईलतर्फ सेनाका जलेन्द्र शाहीले स्वर्ण जिते । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५-६ अंकले पराजित गरेका हुन् । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामीले तेश्रो हुँदै कास्य पदक पाए ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र प्रदेश नं. १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?