+
+

बढ्यो सुनको मूल्य, कीर्तिमान नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ११:५८

२३ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यको कीर्तिमानको नजिक पुगेको हो ।

आज कायम भएको सुनको मूल्य २०७७ साउन २३ गतेयता कै उच्च हो ।  सो दिन एक लाख ३ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ । आइतबार एक लाख एक हजार चार सयमा तेजावी र एक हजार ४१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?