 
																			२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि रहेका छन् । त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4