+
+

ललितपुरमा पाँचै जनाको निसासिएर मृत्यु भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:१२

२३ फागुन, काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् ।

अस्पतालका एक चिकित्सकका अनुसार निसासिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । ‘भर्खर बनाएको घरको झ्याल खुला भएकाले बोरा लगाएर सुत्नुभएको रहेछ’ उनले भने, ‘त्यसैले धुवाँ राम्रोसँग बाहिर निस्किन पाएन र यस्तो घटना भएको हुनसक्ने देखिन्छ ।’

यद्यपि, पाँच जनाको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टमा मात्रै खुल्ने उनले बताए । ललितपुरका एसपी शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए ।

बिहान साढे ८ बजेतिर वडाध्यक्ष तीर्थ घलानले घरमा केही व्यक्तिको मृत्यु भएको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय, कोञ्ज्योसोमबाट प्रहरी निरीक्षक दीपक रिजालको नेतृत्वमा टोली गएको थियो ।

टोलीले घरबाट एकै परिवारका चार जनाको शव निकालेको थियो भने दुई जनालाई उपचारका लागि पठाएको थियो ।

इन्स्पेक्टर रिजालका अनुसार घटनास्थलमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्मा मृत अवस्थामा भेटिएका थिए । उपचारका लागि पठाइएका मध्ये दुई दिनको अर्का एक नवजात शिशुको पनि मृत्यु भएको उनले बताए ।

एसपी शाहका अनुसार २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्था पनि गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?