+
+

पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको सहप्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:३७

२३ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च र केल्मी नेपालबीच पल्सर स्पोर्टस अवार्ड २०७७ को सहप्रायोजन सम्झौता

काठमाडौं । ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामारु ट्रेडिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता हो । सहप्रायोजक बनेबापत केल्मी नेपालले अवार्डमा विजेता र मनोनित खेलाडीलाई टी शर्ट क्याप र गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।

१८औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ । स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।

अन्य विधाका विजेता अवार्ड कार्यक्रमकै दिन घोषणा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?