+
+

फाइनान्सियल नोटिसेस एप्स अब अत्याधुनिक फल्टर टेक्नोलोजीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ११:१८

२३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई प्रयोगकर्तामैत्री ढङ्गबाट प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप्स नयाँ टेक्नोलोजीमा गएको छ । फाइनान्सियल नोटिसेसको सञ्चालक कम्पनी एड्भर्टाइजिङ नेपालका अनुसार एन्ड्रोइड र आइओएसमा रहेको एप्लिकेसनलाई थप परिमार्जित गरी फल्टर टेक्नोलोजीमा रुपान्तरण गरिएको हो । नयाँ टेक्नोलोजीको एप्स थप विस्तारित र प्रयोगकर्तामैत्री नयाँ डिजाइनका साथ आएको सञ्चालक कम्पनीले जनाएको छ ।

फल्टर टेक्नोलोजी विश्वमा आएको नयाँ टेक्नोलोजी भएका कारण यो पुरानो एप्लिकेसनभन्दा बढी प्रयोगकर्तामैत्री भएको उनको भनाइ छ । अहिले नेपालमा सीमित एप्लिकेसनहरु मात्रै यो टेक्नोलोजीमा गएका छन् । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै उक्त एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । वित्तीय क्षेत्रका गतिविधिको बारेमा जानकारी दिने प्रमुख उद्देश्य भए पनि पछिल्लो समय फाइनान्सियल नोटिसेसले आफूलाई बहुउपयोगी एपको रुपमा विकास गर्दै गएको छ । सो एप्लिकेसनमार्फत् आफ्ना दैनिक खर्च, आम्दानी, कर्जा सापटी लगायतका हिसाब राख्ने व्यवस्था यसमा गरिएको छ ।

त्यस्तै, व्यावसायिक कारोबारमा संलग्न भएका व्यक्तिले आफ्ना दैनिक कारोबार विवरणलाई समेत यसै एप्लिकेसनमार्फत् रेकर्ड राख्ने र हिसाबकिताब गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक प्रकाश अर्यालको भनाइ छ ।
एप्लिकेसनमा प्रयोगकर्ताको वित्तीय ट्रयाकर तथ्यांकको सुरक्षालाई मध्यनजर गर्दै सर्भरमा राख्ने वा नराख्ने विकल्प दिइएको छ । यसअनुसार एप्लिकेसनको प्रयोगकर्ताले आफ्ना सूचनाहरु मोबाइलमै सीमित राख्न वा सर्भरमा पठाउन सक्नेछन् ।

‘आफ्ना तथ्यांक सर्भरमा सेभ गर्ने कि मोबाइलमा मात्रै गर्ने भन्ने विकल्प प्रयोगकर्ताले छान्न सक्नेछन् । प्रयोगकर्ताको डाटा पूर्ण इन्क्रिप्टटेड गरी राखिने र यो पूर्णरुपमा निःशुल्क प्रयोग गर्न सकिने छ । सर्भरमा सेभ गर्दा मोबाइल हरायो भने वा नयाँ मोबाइल प्रयोग गर्दा पनि डाटा सुरक्षित हुनेछ । तर, मोबाइलमै सीमित गर्न चाहनेले सर्भरमा नपठाउने अप्सन छान्न सक्नेछन् । तर, यसो गर्दा मोबाइल हरायो वा बिग्रियो भने डाटा सुरक्षित हुँदैन,’ अर्यालले भने ।

अहिले यस एपमा फिनटेक अफर थपिएको छ । बैंक, वित्तीय संस्था र समग्र वित्तीय क्षेत्रका नयाँ प्रोडक्ट र सुविधाबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै एप्सबाटै आर्थिक समाचार, कार्यक्रम, वित्तीय संस्थाको शाखा सञ्जाल र एटिएम रहेको ठाउँबारे जानकारी, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकिङ्ग सेवा समय, शेयर बजार, रोजगारी, त्रैमासिक वित्तीय विवरण, ई–बैंकिङ लगायतको बारेमा जानकारी लिन सकिने जनाइएको छ ।

सो कम्पनीले वित्तीय साक्षरता विकासमा पनि आफूलाई अग्रणी बनाउने कोसिस गरिरहेको प्रबन्ध निर्देशक अर्याल बताउँछन् । ‘यो एप्सले डिजिटल सूचनाको प्रवाह अध्ययन गरी आम नागरिकको वित्तीय आवश्यकता र चाहनाको विश्लेषण, वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही पहिचान गर्न मद्दत गर्छ’ उनले भने, ‘यसले प्रयोगकर्ताको दैनिक व्यवहार सजिलो बनाउनुका साथै वित्तीय साक्षरता तथा ज्ञानको विकासमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्छ भन्ने हाम्रो विश्वास छ ।’

सो एप्समा वित्तीय क्षेत्रका सम्पूर्ण सूचना, समाचार, तथा महत्वपूर्ण जानकारी, कार्यक्रम, नयाँ योजना तथा नयाँ फिनटेक अफर समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?