+

एनकेएलद्वारा कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई खेल सामग्री प्रदान

२०८२ कात्तिक  २९ गते २२:२१ २०८२ कात्तिक २९ गते २२:२१
एनकेएलद्वारा कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई खेल सामग्री प्रदान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केबी साम नेपाल कबड्डी लिगले महिला कबड्डी विश्वकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुट र खेल सामग्री प्रदान गरेको छ।
  • नेपाली टिममा कप्तान मानमती विष्टसहित १७ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक छन् ।
  • केबी साम एनकेएलले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिम अवधारणामा लिग सञ्चालन गरेको छ ।

२९ कात्तिक, काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले महिला कबड्डी विश्वकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेल सामग्री प्रदान गरेको छ ।

वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामग्री प्रदान गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् ।

नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजना कुमारी थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आश्मा यादव, विनिता पञ्डित क्षत्री र सन्जु थामी छन् ।

मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा र व्यवस्थापक शरद दर्शनधारीले टिम सम्हाल्नेछन् । त्यस्तै, रमेशचन्द्र ओझाले पनि निर्णायकको भूमिकामा बंगलादेश यात्रा गर्दैछन् ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।

अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।

सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।

एनकेएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय