+
+
Shares

एकपक्षीय रुपमा गराइने चुनाव मान्य छैन : उपाध्यक्ष लामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १३:५०

२४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघमा एकपक्षीय रुपमा गराइने चुनाव मान्य नहुने बताएका छन् ।

उपाध्यक्ष लामाले प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताए । ‘उच्चस्तरीय समितिले जिम्मा दिए अनुसार मैले केन्द्रीय सचिवालयको सहयोगमा प्रतिनिधि विवादबारे छानबिन गरी एउटा रिपोर्ट समितिलाई बुझाएँ,’ उपाध्यक्ष लामाले अघि भने, ‘सोही रिपोर्टलाई आधार बनाइ उच्चस्तरीय समितिका संयोजक शेष घलेले निर्वाचन समितिसमक्ष दाबी विरोध गर्नुभयो तर निर्वाचन समितिले उच्चस्तरीय समितिका संयोजकले गरेको दाबी विरोधलाई सुनुवाइ नै नगर्नु दु:खको कुरा हो ।’

उनले अध्यक्ष कुमार पन्तले कार्य समितिमा छलफल नै नगरी एक पक्षीय रुपमा ३,६०० बढी प्रतिनिधिको सूची निर्वाचन समितिलाई पठाएको दाबीसमेत गरे । यसले निर्वाचनको निश्पक्षतामाथि नै गम्भीर आशंका उत्पन्न गरेको उनको भनाइ छ । ‘यसरी गराइने एकपक्षीय चुनाव संसारभरि रहेका एनआरएनहरुलाई मान्य छैन,’ उनले जोड दिए ।

उपाध्यक्ष लामाले अहिलेको विवाद मिलाउने जिम्मा प्रमुख संरक्षक डा. शेष घले र संरक्षक परिषद्लाई नै दिनु पर्ने भनाइ छ ।

गत आइतबार बसेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षहरुको बैठकले विधानविपरीत गत २ मार्चमा बोलाइएको बैठकका निर्णयहरूको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषद्लाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरिसकेको छ ।

प्रतिनिधि सम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनु पर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?