+
+

मेक्सिकन क्लब क्वेरेटारोले १ वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १३:४८

२५ फागुन, एजेन्सी । मेक्सिकोको घरेलु फुटबल लिगा एमएक्स क्लब क्वेरेटारोलाई एक वर्षसम्म खाली रंगशालामा खेल्नुपर्ने गरी प्रतिबन्ध लगाइएको छ ।

गत शनिबार एटलास एफसीसँगको खेलका क्रममा क्वेरेटारोका समर्थकले हिंसात्मक व्यवहार गरेपछि क्लबलाई दोषी ठहर गरिएको लिग व्यवस्थापनले जनाएको छ ।

यो घटनामा कम्तीमा २६ जना घाइते भएको आधिकारिक जानकारी छ । तीमध्ये तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘हामी समर्थकको भेषमा रहेका अपराधीहरुलाई स्वीकार्न सक्दैनौं,’ लिगा एमएक्सले भनेको छ ।

क्वेरेटारो रंगशालामा उपस्थित समर्थकहरु मैदानमै प्रवेश गरी हात हालाहालमा उत्रिएपछि यो खेल ६३ मिनेटपछि रद्ध गरिएको थियो ।

घटनामा पीडित समर्थकहरुको सम्मानमा भोलिपल्ट आइतबारका सबै खेल स्थगित गरिएको थियो ।

मंगलबार लिगका अध्यक्ष मिकेल एरियोलाले हिंसात्मक घटनाका लागि समर्थकको एउटा संगठित समूहलाई जिम्मेवार मानेका छन् ।

एक वर्षसम्म समर्थकको उपस्थितिविना घरेलु खेल खेल्नेमात्र होइन क्वेरेटारोले खेल्ने कुनै पनि अवे खेलमा ३ वर्षसम्म समर्थकले प्रवेश पाउने छैनन् ।

यो घटनालाई विश्व फुटबलको नियामक निकाय फिफाले समेत निन्दनीय भनेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?