+
+

पोखरा र बन्दीपुरमा खिचिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १२:२९

२६ फागुन, काठमाडौं । पोखरा र बन्दीपुरमा छायांकन गरिएको भारतीय अभिनेता गुरमित चौधरी अभिनित म्युजिक भिडिओ ‘कुछ बातें’ सार्वजनिक भएको छ ।

पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् ।

भिडियोमा गुरमितसहित पायल, मुस्कान सेठी र साना खान फिचर्ड छन् । यसैगरी नेपाली अभिनेत्री रश्मी भट्टले पनि यो गीतको भिडियोमा अभिनय गरेकी छन् । कोरोना महामारीको तेसो लहरपछि बन्दीपुर र पोखरा पुगेर भिडियो छायांकन गरिएको थियो ।

यो रोमान्टिक गीतमा नेपालको पर्यटकीय थलो घुम्न आएका दुई युवायुवती प्रेममा परेपछि व्यक्त भावलाई समेटिएको छ । गुरमितले फक्स स्टार स्टुडियोको फिल्म ‘खामोसियाँ’ र ‘वजाह तुम हो’मा अभिनय गरेका छन् । उनी टीभी रियालिटी शो ‘झलक दिखलाजा’का विजेता समेत हुन् ।

सन् २००८ को टीभी सिरिज ‘रामायण’मा पनि उनले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?