+
+

पर्यटन व्यवसायीलाई प्रविधिमैत्री तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १३:०६

२६ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले सातै प्रदेशका पर्यटन व्यवसायीलाई पर्यटन प्रडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन सुरु गरेको छ ।

बोर्डका अनुसार प्रदेश नम्बर १ का ८ जिल्लाका २५ व्यवसायीलाई २६ फागुनदेखि तालिम दिन सुरु गरिएको छ । तालिम इलामको इलाम नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको बोर्डले जनाएको छ ।

डिजिटल माध्यमबाट व्यवसायको प्रवर्द्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढंगले प्याकेजिङ गर्न सिकाउने गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ  ।

सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायसँग निरन्तर सहकार्य गरिरहेको समेत बताएको छ ।

२७ फागुनसम्म सञ्चालन हुने तालिममा कम्तिमा प्रदेशका ५० स्थानलाई नक्सामा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिक समेत गरिनेछ ।

आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भइसकेको अहिलेको अवस्थामा तालिमले दक्ष जनशक्ति तयार गर्न, स्थानीयलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास नेपाल पर्यटन बोर्डले गरेको छ ।

यसअघि २० देखि २२ फागुनमा बोर्डले लुम्बिनी प्रदेशका ४० व्यवसायीहरुलाई भैरहवामा तालिम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?