+
+

५३ घरमा ‘एक घर, एक धारा’

रासस रासस
२०७८ फागुन २६ गते १२:४९

२६ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ को घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् ।

वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताए । विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उनले बताए ।

करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्याङ्की निर्माण गरी घर–घरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका सव–इन्जिनियर प्रकाश खड्काले बताए । सो आयोजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५०० को लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न गर्नको लागि प्राप्त बजेटले बालखोपका स्थानीयवासीलाई लाभान्वित बनाउन सफल भएको बताए ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका बासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?