+

अब्राहिमोभिचलाई प्रतिबन्धपछि चेल्सी विजयी

२०७८ फागुन  २७ गते १२:३७ २०७८ फागुन २७ गते १२:३७
अब्राहिमोभिचलाई प्रतिबन्धपछि चेल्सी विजयी

२७ फागुन, काठमाडौं । बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाएपछिको पहिलो खेलमा चेल्सीले प्रिमियर लिगमा नर्विचलाई ३-१ ले पराजित गरेको छ ।

युक्रेनमाथि रुसको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको भनिएको अब्राहिमोभिच संकटमा छन् । प्रतिबन्धपछि चेल्सीले नयाँ खेलाडी किन्न, अनुबन्ध थप्न र टिकट बेच्न पाउँदैन ।

नर्विचको क्यारो रोडमा खेल हुनु अघि बेलायत सरकारले अब्राहिमोभिचलाई प्रतिबन्ध लगाएको थियो । तर खेलमा भने चेल्सीले नतिजा ल्याउन सफल भयो ।

चेल्सीका लागि ट्रेभो चालोबाहले तेस्रो र मासोन माउन्टले १४औं मिनेटमा गोल गरेपछि सुरुमै दुई गोलको अग्रता बनाएको थियो ।

६९औं मिनेटमा नर्विचका टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएका थिए । तर ९०औं मिनेटमा काइ हाभार्टले गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।

यो जितपछि २७ खेलबाट ५६ अंक जोडेर चेल्सी तेस्रो स्थानमा छ । यस हारपछि नर्विचलाई भने रेलिगेसनको दबाब अझ बढेको छ । नर्विच २७ खेलबाट १७ अंक जोडेर पुछारमा छ ।

लिगको अन्य खेलमा वल्भ्सले वाटफोर्टलाई ४-० ले, एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३–० ले र न्युसकाल युनाइटेडले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

चेल्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय