+
+

जबराविरुद्धको महाअभियोग : संसदमा छलफलको समय आइतबार तोकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:०१

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभामा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने समय आउँदो आइबार तोकिने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् ।

यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?