 
																						प्रतीकात्मक तस्वीर								
											२७ फागुन, काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष चर्को बहस हुने पृथ्वी जयन्तीको दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । तर यस दिन सार्वजनिक बिदा भने दिइएको छैन । दशैंमा ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा छ ।
मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र थप बिदा दिन सक्ने व्यवस्था छ । यो भने संघीय सरकारले देशभर तोकेको बिदा मात्रै हो ।
२०७९ सालको बिदाको तालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4