+
+

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाको लक्षण नदेखिएकाले अनिवार्य पीसीआर नगराउनू

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:४९

२७ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभि८-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सह-प्रववक्ता डा. समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?